टीकाको साइत सार्वजनिक, उत्तम साइत बिहान ११:०२ बजे


 


काठमाडौं, असाेज १६
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजया दशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।

यस वर्षको वडादशैं अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतबार हुनेछ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ ।

कात्तिक पहिलो साता वडा दशैको मुख्य दिन अर्थात् विजया दशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो वडादशैं पर्व समाप्त हुन्छ ।

प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्