बझाङमा भूकम्पका कारण चार विद्यार्थीसहित ६ जना घाइते


 


बझाङ, असोज १६ । बझाङमा मंगलबार गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् ।

पहिलोपटक तलकोट र दोस्रोपटक चैनपुर केन्द्रबिन्दु भएर दुईपटकमा गएको भूकम्पले गर्दा सत्यबादी मावि भोपुरका चार जना विद्यार्थीसहित ६ जना घाइते भएको
जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

त्यसैगरी केदार स्यू गाउँपालिका र खप्तडछान्ना गाउँपालिकामा एक–एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए । उनीहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

त्यसैगरी भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग समेत अबरुद्ध भएको प्रहरीले जनाएको छ । जयपृथ्वी राजमार्ग ठाउँ ठाउँमा पहिरो गएका कारण राजमार्ग अबरुद्ध भएको हो ।

बझाङमा आज दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युड र त्यसअघि दिउँसो २ बजेर ४० मिनेटमा तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्