बझाङमा दोश्रो पटक ६.३ म्याग्नेच्युटको भूकम्प


 


धनगढी, असोज १६ । सुदूरपश्चिममा मंगलबार फेरी भूकम्पको धक्का महसुस गरिएको छ ।

जिल्लामा दोस्रो पटक मंगलबार दिउसो ३ बजेर ७ मिनेट जादा सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्नेच्युटको भूकम्प गएको हो ।

केहिबेर अघि २ः४०मा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प भएको थियो ।

यो भूकम्पबाट केही घर तथा विद्यालयमा क्षति भएको बताइएकाे छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्