एनसेलले ल्यायो आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’


 


काठमाण्डौ, असाेज १६
एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ ।

यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले करसहित मात्र रु. १०० मा आफू जहाँ भए पनि लामो समयासीमासहित मोबाइल डेटाको फाइदा लिन सक्छन्।

यो डेटा प्याकमा ग्राहकले १ जीबी डेटा पाउँछन् र यसको प्रमुख विषेशता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ। ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गरी प्राप्त जानकारीअनुसार यो प्याक सुचारु गर्न सक्छन् ।

यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ। ग्राहकले अब करसहित मात्र रु. १९१ मा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन्।

ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स६ह्यास डायल गरेर यो प्याक लिन सक्छन् । त्यस्तै, करसहित रु. ४५९ मा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिन सम्म १.५ जीबी डेटा लिन सक्छन्।

यसबाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन् । २८ दिनको समयसीमा रहेको यो प्याक एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स७ह्यास डायल गरेर लिन सकिन्छ।

अलवेज अन डेटाले ग्राहकलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

यसैगरी सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकोले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रही सधैँ सम्पर्कमा बसिरहन ठूलो भूमिका खेल्ने एनसेलले जनाएको छ।

प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्