एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग


 


सुर्खेत, असाेज १७
नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन् । एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट शाह अध्यक्षमा निर्वाचित भएका हुन् । शाहले तीन सय ६९ मत प्राप्त गरि शाह अध्यक्षमा निर्वाचित भएका हुन् ।

शाहका निकटतम् प्रतिद्वन्द्वी मीनबहादुर शाहीले दुई सय मत प्राप्त गरी पराजित भए ।

यस्तै उपाध्यक्षमा उम्मेदवार टेकराज पछाई विजयी भएका छन् पछाईले तीन सय ४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी दानसिंह परियारले ५९ र लालबहादुर महतराले एक सय ७६ मत प्राप्त गरे ।

त्यसैगरी सचिवमा धुव्रकुमार शाही निर्वाचित भएका छन् । शाहीले चार सय ६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्