एमाले कोशी प्रदेशमा मतगणना सुरू


 


विराटनगर, असोज १५ । नेकपा (एमाले) कोशीमा मतगणना सुरू भएको छ।

मतगणना आज (सोमबार) साझ पाँच बजेदेखि सुरू भएको हो। ९९७ जना प्रतिनिधि रहेको प्रदेश अधिवेशनमा ९७७ मत खसेको थियो। अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो।

अधिवेशनमा अध्यक्षका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा भएको थियो।

अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ। त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो।

उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन्।

प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्