शिव शिखर सहकारीको अत्तरिया सेवा केन्द्र सिल


 


धनगढी, असोज १५ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कैलालीस्थित अत्तरिया सेवा केन्द्र सिल गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको परिपत्रअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले सहकारीको सेवा केन्द्र सिल गरेको हो ।

शिव शिखर सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार साउन २५ गते समस्याग्रस्त घोषणा गरिएको थियो ।

सहकारी समस्याग्रस्त घोषणापछि सहकारी ऐन २०७४ को दफा १०५ बमोजिम संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालयलाई सिल गर्न पत्राचार गरेको थियो ।

उक्त सहकारी विरुद्ध कैलालीमा ३ हजार ५ सयले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

कैलालीमा सो सहकारी केन्द्रका धनगढी, अत्तरिया र लम्कीमा सेवा केन्द्र छन् । सबैलाई सिल गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्