‘मेक इन इन्डिया’ अभियान अन्तर्गत एचपीसँग मिलेर भारतमा क्रोमबुक उत्पादन गर्दै गुगल


 


काठमाडौं । भारतमा क्रोमबुक उत्पादन गर्न एचपी र गुगलबीच सहकार्य भएको छ । भारत सरकारको ‘मेक इन इन्डिया’ अभियानलाई साथ दिंदै दुई कम्पनीले यस्तो सहकार्य थालेका हुन् ।

क्रोमबुक चेन्नई नजिक रहेको फ्लेक्स फेसिलिटी नजिकै उत्पादन गरिनेछ, जहाँ एचपीले सन् २०२० देखि ल्यापटप र डेस्कटप बनाउँदै आएको छ । एचपी क्रोमबुकको उत्पादन २ अक्टोबर २०२३ देखि सुरु हुनेछ, शैक्षिक क्षेत्रमा रहेको सस्ता कम्प्युटरको मागलाई यसले सम्बोधन गर्नेछ ।

क्रोमबुकमा क्रोम अपरिटिङ सिस्टम (क्रोम ओएस) राखिएको छ भने त्यसमा बिल्ट इन एक्सेसिबिलिटी र कक्षा कोठाको सम्पर्क तथा प्रयोगकर्ताको सूचना सुरक्षित राख्ने फिचर समेत दिइएको छ । एचपी र गुगलबीचको यो सहकार्यले विद्यालयहरूमा प्रविधि आत्मसाथ गर्ने कार्यलाई बढावा दिने उद्देश्य राखेको छ।

जसले शैक्षिक क्षेत्रमा डिजिटल रूपान्तरण ल्याउने अपेक्षा गरिएको छ । जहाँ ल्यापटपको कुरा आउँछ, त्यहाँ अझै पनि गुगल क्रोमबुक विशेष उत्पादनको रूपमा स्थान बनाउँदै आएको छ ।

दुवै कम्पनीले यो सहकार्यलाई मेक इन इन्डिया प्रतिको आफूहरूको प्रतिवद्धताको पुनः पुस्टि भएको उल्लेख गरेका छन् । एचपीको तर्फबाट जारी गरिएको प्रेस विज्ञप्ति अनुसार यो सहकार्य भारतमा डिजिटल शिक्षाको पारिस्थितिक प्रणालीलाई अगाडि बढाउने दुवै कम्पनीको संयुक्त भिजन हो ।

शैक्षिक प्रशासन, विद्यालय र सङ्घसंस्थाहरूलाई सस्तो, सुरक्षित र उच्च गुणस्तरीय कम्प्युटिङ डिभाइस उपलब्ध गराएर थप विद्यार्थीको सिकाईमा अभिवृद्धि गर्न यसले सघाउनेछ । विश्वका ५० लाख विद्यार्थी र शिक्षकलाई सघाइरहेको क्रोमबुक कक्षा १ देखि १२ सम्मको शिक्षामा प्रमुख डिभाइसको रूपमा रहँदै आएको छ ।

गुगलले यसै महिनाको सुरुवातमा क्रोमबुक प्लेटफर्मले नियमित रूपमा १० वर्षसम्म स्वतः अपडेट प्राप्त गर्ने बताएको थियो, जुन आजको दिनसम्म कुनै पनि अपरेटिङ सिस्टमले जनाएको प्रतिबद्धता भन्दा धेरै हो ।

प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्