‘जी २० को सफलता भारत–अमेरिका साझेदारीको सफलता हो’


 


वासिङ्टन। भारतका विदेश मन्त्री सुव्रमन्यम जयशङ्करले जी २० शिखर सम्मेलनको सफलता भारत–अमेरिका साझेदारीको सफलता भएको बताएका छन्।

“शिखर सम्मेलनमा भारत र अमेरिकाको समझदारी, सहयोग, साझेदारी र सहकार्यका साथै साझा दृष्टिकोणको पनि सम्मिश्रण थियो,” शनिवार वासिङ्टन डिसीस्थित इन्डिया हाउसमा ‘कलर्स अफ फ्रेन्डसिप’ कार्यक्रममा भारतीय कूटनीतिज्ञलाई सम्बोधन गर्दै विदेश मन्त्रीले भने– “जी २० शिखर बैठकमा विश्वका नेताहरूलाई एकै स्थानमा भेला गर्नु चुनौतीपूर्ण थियो तर त्यसमा हामी सफल भयौँ।

अमेरिकी साथ र सहयोगका लागि वासिङ्टनलाई श्रेय दिँदै विदेश मन्त्री जयशङकरले वैश्विक चुनौती सामना गर्न भारत र अमेरिकाले साझेदारी गरिरहेका बताए।

गान्धी जयन्तीको पूर्व सन्ध्यामा भएको उक्त कार्यक्रममा उनले महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै जी२० का सन्देश पनि गान्धीका सिद्धान्तकै सेरोफेरोमा रहेका बताए। ‘संसारलाई साझा घर मान्ने र यसका बासिन्दालाई आफ्नै परिवार ठान्ने’ प्राचीन परम्पराप्रति उनको लगाव रहेको विदेश मन्त्रीले उल्लेख गरे।

प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्