एमाले गण्डकी प्रदेश अधिवेशन आज, उद्घाटन गर्दै अध्यक्ष ओली


 


पोखरा, असाेज १५
नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ ।

अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्न लगोका हुन् । प्रदेशका ८५ पालिकामध्ये ८४ पालिकामा सर्वसम्मतरूपमा प्रतिनिधि छनोट भएका छन् ।

कास्कीको रूपा गाउँपालिकामा खुला प्रतिनिधिमा मतदानबाट प्रतिनिधि छनोट गर्नु परेको थियो ।

अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् । एमाले गण्डकीका अनुसार कुल प्रतिनिधिमध्ये खुला महिलाबाट १९३, खुला ३९०, दलित ११५, दलित महिला ५४, मजदुर संगठनबाट १६ प्रतिनिधिले अधिवेशनमा भाग लिँदै छन् ।

प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्