आईएमई पे काे आईएमई पे डिजिटल दशैं तिहार योजना सार्वजनिक


 


काठमाडौं, असाेज १४
आईएमई पे ले आईएमई पे डिजिटल दशैं तिहार योजना सार्वजनिक गरेको छ । आउँदै गरेको राष्ट्रिय चाड दशैं , तिहार तथा छठलार्ई लक्षित गर्दै योजना सार्वजनिक गरिएको नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पेले ले जनाएको छ।

यही असोज १४ गतेदेखि शुरू भई मङ्सिर ३ गतेसम्म चल्ने ५० दिनको अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्य शाली सेवाग्राहीहरूले विभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै हरेक हप्ता १ जना भाग्य शाली सेवाग्राहीले अलटिमा लाइफस्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै अन्त्यमा ८ जना भाग्य शाली विजेताले रु ५० हजार बराबरको सप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्।

यससँगै आईएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आईएमई पेका सीईओ प्रवीन रेग्मीले बताएका छन्।

प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्