हिमालयन रि इन्स्योरेन्सको सिईओमा उपासना पौडेल नियुक्त


 


काठमाडौं, असाेज १४
हिमालयन रि इन्स्योरेन्स कम्पनीको सिईओमा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिले पौडेललाई सिईओमा नियुक्त गरेको हो ।

कम्पनीले पौडेललाई सीईओ नियुक्त गर्ने प्रस्ताव स्वीकृतिका लागि बीमा प्राधिकरणमा पठाएको छ ।

पौडेलसँग यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनीमा सिईओ भएर काम गरिसकेको अनुभव रहेको छ । यसअघि उपासना पौडेल सोही कम्पनीको डेपुटी सिइओमा कार्यरत थिईन ।

पौडेल गत वर्षको मंसिर १३ गतेदेखि हिमालयन रि इन्स्योरेन्स कम्पनीको डेपुपटी सिईओमा आबद्ध भएकी थिईन् ।

करिब चार वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल पुनर्बीमा क्षेत्रमा प्रवेश गरेकी छिन् । यसअघि उनी युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् ।

प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्