एसियन गेम्सः नेपालले दियो माल्दिभ्सलाई २१३ रनको लक्ष्य


 


काठमाडौं, असाेज १४
चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गतको पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई २ सय १३ रनको लक्ष्य दिएको छ ।

समूह ‘ए’ अन्तर्गत टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले २७ बलमा ५२ रन बनाउँदा समान ३ चौका र ३ छक्का हिर्काए ।

कुशल मल्लले अविजित ४७ रन तथा गुल्सन झा र कुशल भुर्तेलले समान ३५-३५ रन बनाए ।

माल्दिभ्सका लागि नजवान इस्माइलले सर्वाधिक ३ विकेट हात पारे ।

प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्