एन प्याब्सनको अध्यक्षमा न्यौपाने चयन


 


काठमाडौं, असोज १३ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)को अध्यक्षमा सह–अध्यक्ष सुवास न्यौपाने अध्यक्ष चयन भएका छन् ।

यसअघि आलोपालोका लागि भएको सहमति बमोजिम अध्यक्षमा आजदेखि सहअध्यक्ष न्यौपानेको कार्यकाल सुरु भएको हो ।

सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न अधिवेशनले पहिलो १८ महिना पाण्डव हमाल र दोस्रो १८ महिना न्यौपाने अध्यक्ष हुनेगरी सहमति भएको थियो । हमालको कार्यकाल गत भदौ २४ गते नै सकिएको थियो ।

कार्यक्रममा नेशनल प्याब्सनका पूर्वअध्यक्ष वसन्तबहादुर श्रेष्ठ, कर्णबहादुर शाही, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, निजी विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले कार्यकालको शुभकामना दिएका थिए ।

प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्