एसियाली खेलकुद : भलिबलमा नेपाल सोझो सेटमा पराजित


 


काठमाडौं, असोज १३ । चीनको हाङझावमा जारी एसियाडको महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ ।

भियतनामले नेपालाई २५–४, २५–१६ र २५–१३ को सेटमा हराएको हो । समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरिया विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

एसियाडको महिला भलिबलमा नेपाल पहिलोपटक सहभागी भएको हो ।

प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्