एशियाली खेलकूद अन्तर्गत पब्जीमा नेपाली टीम सेमिफाइनलमा


 


काठमाडौं, असोज १२ । चीनको ह्याङचउमा जारी एसियाली खेलकुद अन्तर्गत पब्जीमा नेपाली टिम सेमिफाइनलमा पुगेको छ ।

शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

पब्जीको नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई छन् । पब्जीमा चार समूह रहेकोमा नेपाल रहेको समूहबाट नेपाल र हङकङ सेमिफाइनलमा पुगेका हुन ।

समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड सेमिफाइनलमा पुगेका छन् । यस्तै समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन् ।

चार समूहबाट आएका शीर्ष दुई–दुई टिम गरी आठ टिमबीच दूई समूहमा सेमिफाइनल खेल हुनेछ । जसमध्ये शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् । नेपालले भोलि हुने समूहमा दोस्रो स्थान हात पारे फाइनलमा स्थान बनाउने पक्का छ ।

प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्