अभिनेत्री एलिजा गौतम इलाम–२ बाट चुनावमा उठ्ने, कुन पार्टीबाट बन्दै छिन् उम्मेदवार ?


 


काठमाडाैं, असाेज १२
अभिनेत्री एलिजा गौतम उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् । नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न लागेकी हुन् ।

केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी छिन् ।

उनले भनिन् ‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु ।

उनी पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् ।

प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्