२०८० असोज १२ गते शुक्रबारको तपाईको राशिफल


 


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्ने छ । परिश्रमअनुसार उपलब्धि पनि पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज उन्नति प्रगतिको वातावरण बन्ने छ । कुनै कुराले मनमा शान्ति छाउने छ । शेयर बजार र पेसा व्यवसायका क्षेत्रमा फाइदा पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्यप्रति सचेत रहनु होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पु¥याएर निर्णय लिनु राम्रो होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मान सम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्