हाइड्रोजनबाट भारतले चलायो बस


 


काठमाडौं । भारतले हाइड्रोजनबाट चल्ने बस सञ्चालनमा ल्याएको छ ।

दिल्लीमा देशकै पहिलो हरित हाइड्रोजन फ्यूल सेल बस सञ्चालनमा आएको हो ।

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रीले बस सेवाको उद्घाटन गरेका छन् ।

फ्यूल सेलले हाइड्रोजन र हावाको प्रयोग गरेर बस चलाउन बिजुली उत्पादन गर्छ ।

डिजेल र पेट्रोलबाट चल्ने परम्परागत बसहरूको तुलनामा यो पर्यावरण अनुकूलन हुने विश्वास रहेको छ ।

यस वर्षको अन्त्य सम्ममा दिल्लीमा १५ वटा बस सञ्चालन हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्