चिनियाँ ह्याकरहरूद्वारा अमेरिकी विदेश मन्त्रालयका ६० हजार खातामा खेलवाड


 


एजेन्सी । चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारको इमेलहरू ह्याक गरेका छन्। ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालयका ६० हजार खातामा खेलवाड गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

सिनेटका कर्मचारीले यस्तो दाबी गरेका छन् । यी सबै इमेल राज्यका १० विभागबाट चोरी भएको उनले बताए ।

जसमध्ये ९ जना पूर्वी एसिया र प्रशान्त क्षेत्रका लागि काम गरिरहेका थिए भने अर्का एकजना युरोपका लागि काम गरिरहेका थिए ।

अमेरिकासँगको तनावको बीचमा चिनियाँ ह्याकरहरूले अमेरिकामा लगातार साइबर हमला गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

चिनियाँ ह्याकरहरूले अमेरिकी डाटा चोरी गरेको यो पहिलो पटक भने होइन।

यसअघि जुलाई महिनामा पनि ह्याक भएको बताइएको थियो ।

अमेरिकी अधिकारी र माइक्रोसफ्टले मे महिनादेखि चिनियाँ ह्याकरहरूले कम्तीमा २५ संस्थाका इमेलहरू पहुँच गरेको खुलासा गरेका थिए।

प्रकाशित मिति: ११ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्