राहत शिक्षकको आन्दोलन जारी, आज कालोपट्टी बाँधेर प्रदर्शन


 


काठमाडौं, असोज ११ । राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी छ ।

विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै उनीहरूले असोज ३ गतेदेखि निरन्तर आन्दोलन जारी राखेका हुन्।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा माइतीघर मण्डलमा भेला भएर उनीहरूले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिरहेका छन्।

यसअघि सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपनि त्यसमा आफूहरूका माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरूलाई निरन्तरता दिएका हुन् ।

आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने राहत शिक्षकहरुले अडान लिएका छन् ।

प्रकाशित मिति: ११ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्