विभिन्न देशका सेना प्रमुखसँग भारतीय सेना प्रमुख जनरल पाण्डेकाे अन्तरक्रिया


 


काठमाडाैं । भारतीय सेना प्रमुख जनरल मनाेज पाण्डेले विभिन्न देशका सेना प्रमुखसँग अन्तरक्रिया गरेका छन् ।

हिन्द-प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले नयाँदिल्लीमा अायाेजित चार दिने सम्मेलनकाे अन्तिम दिन भारतीय सेना प्रमुख जनरल पाण्डेले विभिन्न देशका सेना प्रमुखसँग अन्तरक्रिया गरेका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतीय सेना प्रमुख जनरल पाण्डेले नेपाल, बंगलादेश, न्युजिल्याण्ड, युनाइटेड किंगडम, कम्बोडिया, फ्रान्स र मलेशिया लगायतका सेना प्रमुखसंग अन्तरक्रिया गरेका छन् ।

सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भाग लिएका थिए। सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु रहेकाे थियाे ।

आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा विचार एवं आपराधिक-आतङ्कवादी गतिविधि हुन नदिन सूचना आदान-प्रदान, यस क्षेत्रमा शान्ति एवं स्थायित्व प्रवर्द्धन, आपसी समझदारी र संवादको प्रक्रियालाई निरन्तररूपमा अघि बढाउन सम्मेलन महत्त्वपूर्ण भएकाे भारतीय सेना प्रमुख जनरल पाण्डे जानकारी दिए ।

प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्