भारतमा तीव्र आर्थिक वृद्धिको सम्भावना छ : अमेरिकी लगानीकर्ता रे डालियो


 


एजेन्सी । अमेरिकी लगानीकर्ता रे डालियोले भारतमा तीव्र आर्थिक वृद्धिको सम्भावना रहेको जनाएका छन् । अल इन सम्मेलनमा बोल्दै डालियोले अहिले भारतीय अर्थतन्त्रको अवस्था सन् १९८४ मा चीनको जस्तै रहेको बताए ।

वित्तीय क्षेत्रमा निकै प्रतिष्ठित मानिने ब्लाकवाटर एसोसिएट्स नामक हेजफण्ड कम्पनीका संस्थापकसमेत रहेका डालियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीनका पूर्वराष्ट्रपति देङ स्याओपिङसँग तुलना गर्दै भारतमा आर्थिक विकासको उच्च सम्भावना रहेको औल्याए ।

सन् २०१४ मा नरेन्द्र मोदीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा १० औँ ठूलो अर्थतन्त्र रहेको भारत सन् २०२२ सम्म आइपुग्दा बेलायतलाई उछिन्दै पाचौँ ठूलो अर्थतन्त्र बनिसकेको छ । उनले इतिहासमा तटस्थ मुलुकहरुले धेरै प्रगति गरेको स्मरण गर्दै तटस्थ मुलुकका रुपमा भारतले लाभ लिनसक्ने बताए ।

प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्