दीपेन्द्रलाई एक लाख दिने लुम्बिनी अल स्टारको घोषणा, अन्यलाई पनि दिइने


 


काठमाडौं, असोज १० । नेपाली घरेलु क्रिकेटको फ्रेन्चाइज टिम लुम्बिनी अल स्टारले एसियाडमा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक बनाएका दीपेन्द्रसिंह ऐरीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

दीपेन्द्रले आज बिहान चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्ध नौ बलमै अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान राखेका थिए । उनले मंगोलियाविरुद्ध १० बलमा अविजित ५२ रन बनाए ।

साथै लुम्बिनीले मंगोलियाविरुद्ध प्लेइङ–११ मा रहेका सदस्यलाई जनही १० हजार दिने घोषणा पनि गरेको छ ।

प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्