‘सहमतीले पुग्दैन, आन्दोलन जारी राख्छाैं’
काठमाडौं, असोज १० । चिकित्सकमाथि भइरहेको आक्रमणको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन् ।
मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरु मंगलबारदेखि आन्दोलित बनेका हुन् । ले बुधबार चिकित्कहरुले बुधबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन् ।
सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर बिरोध जनाएका हुन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् ।
सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुको अडान छ । दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मुकदर्शक बन्न नहुने उनीहरुको भनाई छ ।
प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार