राहत शिक्षकहरूले आज सिठ्ठी फुके


 


काठमाडौं, असोज ९ । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक आन्दोलनमा रहेका राहत शिक्षकहरूले आज (मंगलबार) सिठ्ठी फुकेर प्रदर्शन गरेका छन्।

राहत शिक्षकहरूले काठमाडौंको माइतीघर मण्डलमा सिठ्ठी फुकेर प्रदर्शन गरेका हुन्। शिक्षा विधेयकले आफूहरूका माग सम्बोधन नगरेको भन्दै उनीहरू आन्दोलनमा छन्।

सुरूमा राहत शिक्षकहरू पनि नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनमा थिए। तर उनीहरूसँग सरकारले सहमति गरेसँगै राहत शिक्षकहरूले बेग्लै आन्दोलन गरिरहेका छन्।

उनीहरूले सोमबार सडकमै सुतेर विरोध जनाएका थिए।

प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्