टिचिङ अस्पतालका आवासीय चिकित्सक आन्दोलित
काठमाडौं, असोज ९ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरूले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन् ।
चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएको अस्पतालका हुन् ।
लगातार स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपात भइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै ५ सय जना आवासीय चिकित्सकले आकस्मिक बाहेकका सेवा ठप्प पारी आन्दोलित भएको उप निर्देशक तथा छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले जानकारी दिए ।
चिकित्सकको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने रेसिडेन्ट डाक्टरहरूले अडान लिएका छन् ।
प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार