यसअघि मुद्दाका कारण राेकिएका सन्दीप लामिछाने आज चीन गए
काठमाडौं, असोज ९ । एसियाली खेलकुद (एसियाड)का लागि क्रिकेटर सन्दीप लामिछाने चीनतर्फ लागेका छन् ।
मुद्दाका कारण यसअघि टोलीसंग जान नपाएका सन्दीप आज अएका हुन् । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएका थिएनन् ।
क्रिकेट संघका पदाधिकारीहरुसँग थप छलफलपछि उनी मंगलबार चीनतर्फ लागेका हुन् ।
एसियाली खेलकुदको क्रिकेटमा नेपालले भोलि बुधबार मंगोलियासँग खेल्दैछ ।
प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार