एमाले बागमती प्रदेश अधिवेशन : बन्दसत्र आजदेखि


 


काठमाडौं, असाेज ९
नेकपा एमाले वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र आज हुँदै छ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको बन्दसत्र मंगलबार बिहान ८ बजेबाट सुरु हुन लागेको हो ।

प्रदेश अधिवेशनको बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा हुने बताइएको छ । बन्दसत्रमा हाल रहेको कमिटीका तर्फबाट राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने बताइएको छ ।

प्रतिवेदनहरुमाथि छलफल भइ पास भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट १ हजार १३८ प्रतिनिधि छनोट भएर आएका छन् ।

प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यहरु समेत आकांक्षी देखिएका छन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर भने प्रतिस्पर्धा गर्न नपाइने चेतावनी दिएका थिए ।

प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्