आजदेखि इन्द्रजात्रा सुरु हुँदै, २० विदेशी पाहुना सहभागी हुने


 


काठमाडौं, असाेज ९
काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजबाट सुरु हुँदैछ ।

नेवारी समूदायले यो पर्वमा वर्षा र सहकालको देवताको रूपमा इन्द्रको पूजा आराधना गर्दछन् । आठ दिनसम्म विभिन्न नाजगान, रथयात्रा गरी यो पर्व मनाइन्छ ।

जात्रामा सहभागी हुनका लागि २० जना विदेशी पाहुना आउने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा रही आएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्