चीनमा आँधीका कारण पाँच जनाको मृत्यु


 


एजेन्सी । गत महिना मात्रै आँधीले बिनास निम्त्याएको चीनमा फेरि अर्को आँधीका कारण पाँच जनाको मृत्यु भएको छ ।

आँधीले चीनका अधिकांश शहरका घरहरुमा क्षति पुगेको छ । आँधीले पूर्वी चीनको जियाङ्सु प्रान्त बढी प्रभावित हुँदा जनजीवन अस्तब्यस्त बनेको छ ।

आँधीमा परी चार जना गम्भीर घाइते भएका छन् । आँधीले अधिकांश घरका छाना उडाउनुका साथै सयौं सवारी साधनमा क्षति पुगेको छ । भारी बर्षासंगै आएको आँधीले सो प्रान्तका सयौं बिस्थापित भएका छन् । आँधीले बालीनाली पनि प्रभावित भएको बताइएको छ । आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

आँधीका कारण बिद्यालय र कलेज बन्द गरिएका छन् । भारी वर्षा केही दिन जारी रहने भन्दै सतर्क रहन अपिल जारी गरिएको छ । चीनमा गत महिना आएको आँधीले ८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्