राहत शिक्षकहरुकाे आन्दोलन : सडकमै सुतेर बिरोध
काठमाडौं, असोज ८ । आन्दोलनरत राहत शिक्षकहरुले सोमबार काठमाडौंको माइतीघरमा भेला भई सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डेलामा भेला भएका उनीहरुले बानेश्वरसम्म सडकमै सुतेर बिरोध जनाएका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक छन् । असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो ।
उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले शत प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।
प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार