एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसँग खेल्ने


 


चीन, असोज ८ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसँग खेल्ने भएको छ ।

नेपाल र जापानबीचको खेल आज साँझ ५ः१५ बजे हुनेछ । महिला फुटबलमा नेपालले जापानसँग पहिलो पटक खेल्न लागेको हो ।

यसअघि समूह चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित २–० गोल अन्तरले पराजित भएको थियो ।

जापानले भने पहिलो खेलमा बंगलादेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो । समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ ।

उक्त समूहमा जापान शीर्ष स्थानमा छ । यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा छ । नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसंग खेल्ने छ ।

प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्