राहत शिक्षकको आन्दोलन जारी, आज सडकमा लम्पसार सुत्ने


 


काठमाडौं, असोज ८ । राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी छ । आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह–अध्यक्ष नबिनसिंह धामीले आज सडकमा लम्पसार सुतेर विरोध जनाउने कार्यक्रम रहेको बताए ।

राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनले सांकेतिक रूपमा लाश बनेर विरोध जनाउन लागिएको बताए ।

गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए ।

राहत शिक्षकहरुले पूर्णरुपमा स्थायी बनाइनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्