प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ जाँदै, यस्तो छ भ्रमण तालिका


 


काठमाडौं, असाेज ७
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हान्जाउबाट राजधानी बेइजिङ जाँदैछन् । शनिबार हान्जाउ पुगेका प्रचण्डले राष्ट्रपति सी चिनफिङ भेटवार्ता गरेका हुन् । भेटमा प्रचण्डले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको बताए । एसियाली खेलकुदको व्यस्तता हुँदा पनि आफूसँग भेट गरेकोमा सीको प्रशंसा गरे।

करिब आधाघण्टा भएको भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड आज दिनभर विभिन्न कार्यक्रममा भाग लिनेछन् ।

सोमबार मात्रै समकक्षी ली छ्याङ तथा उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीसहितको टोली बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ । ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि चिनियाँ मन्त्रीले स्वागत गर्नेछन् ।

विमानस्थलबाट स्टेट गेष्ट हाउसमा बस्ने छन् । अपराह्न ४ बजेदेखि ५ बजेसम्म नेपाल चीन बिजनेस समिटमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ । पौने ६ बजे नेपाली दूतावासमा आयोजित रात्रिभोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्