बोल्न नसक्ने बालिका बलात्कृत


 


बारा, असाेज ७
बोल्न नसक्ने ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका– १२ का ६० वर्षीय राना साइला भनिने सोमबहादुर लुम्बा रहेका छन्।

शुक्रबार दिउँसो बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने परिवारको उजुरीका आधारमा उनलाई खोज तलास गर्ने क्रममा शुक्रबार राति ११ बजेतिर पक्राउ गरिएको हो।

पीडित बालिकालाई उपचारका लागि कलैया प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ७ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्