शैक्षिक क्षेत्रको लगानी घट्दै जानु बिडम्बना : भट्टराई
काठमाडौं, असोज ६ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव उनले यस्तो आरोप लगाएका हुन् ।
सचिव भट्टराईले मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भएपनि सरकार त्यस क्षेत्रको विकासका लागि लगानी बढाउन तयार नभएको बताए ।
शिक्षामा लगानी गर्ने कुरा वार्षिक रुपमा घट्दै जानु बिडम्वनाको विषयमा भएको समेत उनले बताए ।
सचिव भट्टराईले लगानीको कमी भएकाले शिक्षामा सोचे अनुसारको प्रतिफल प्राप्त हुन नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार