मिस्टर एण्ड मिस प्रतियोगिता हुने


 


नेपालगन्ज, असोज ६ । बाँकेको कोहलपुरमा मिस्टर्स एण्ड मिस सौन्दर्य प्रतियोगिता आयोजना गरिने भएको छ ।

युवायुवतीको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत गर्ने उद्देश्यले कोहलपुरको शारदा इभेन्टको व्यवस्थापनमा सो प्रतियोगिता आयोजना गरिन लागिएको हो ।

प्रतियोगिताको तयारी पूरा भएको इभेन्टका निर्देशक रोनिश गौतमले जानकारी दिए । यसअघि सन् २०२३ मा मिस एण्ड मिस्टर कोहलपुर प्रतियोगिता भव्य रूपमा सफल भएको आयोजकको दाबी छ ।

सन् २०२३ पछि कोरोना महामारीका कारण प्रतियोगितालाई निरन्तरता दिन नसकेको बताउँदै आयोजक संस्थाले ४ वर्षपछि पुनः प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

प्रतियोगितामा १५ देखि २५ वर्ष उमेर समूहका युवायुवती सहभागी हुन सक्नेछन् । प्रतियोगिता विजेता प्रतियोगीलाई नगदसहित शैक्षिक छात्रवृत्ति समेत प्रदान गरिने इभेन्टका निर्देशक गौतमले बताए ।

प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्