क्यानको सचिवमा पूर्वकप्तान पारस खड्काको उम्मेदवारी


 


काठमाडौं, असोज ६ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान)को सचिवको उम्मेदवार बनेका छन् ।

संघ क्यानको नयाँ नेतृत्व चयनका लागि भइरहेको चुनावमा उनले सचिवमा उम्मेदवारी दिएका हुन् । क्यानको आज (शनिबार) मतदान हुँदैछ ।

नयाँ बानेश्वरस्थित होटेल एभरेष्टमा हुने मतदानका लागि क्यानले मतदाता नामावली सार्वजनिक गरेको छ ।

अध्यक्ष पदमा हालका अध्यक्ष चतुरबहादुर चन्द नै दोहोरिएका छन् । यसअघि अध्यक्ष चन्दसँग लुम्बिनी प्रदेश उपाध्यक्ष विजयराज भण्डारीले प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए ।

क्यानको चुनावी प्रक्रिया बिहान सवा ८ बजेबाट सुरु भएको छ । ८ः४० बजे उम्मेदवारको मनोनयन, ११ः२० मा उम्मेदवारको प्रथम नामावली प्रकाशन, ११ः४० मा उम्मेदवारको मनोनयन उपर उजुरी र छानबिन त्यसपछि अन्तिम नामावली प्रकाशन र मतदान शुरु हुने तालिका तय भएको क्यानले जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्