एसियाली खेलकुद प्रतियोगिता आजदेखि, प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुँदै


 


काठमाडौं, असोज ६ । १९औँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ ।

प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङ्चाउ स्पोट्र्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच उद्घाटन गर्नेछन् ।

उद्घाटन कार्यक्रममा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत थुप्रै मुलुकका राष्ट्रपति र सरकार प्रमुख तथा नेताहरू हाङ्चाउ सहर पुगेका छन् ।

विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोइमा १, क्रिकेटमा १५, साइक्लिङमा २, स्पोर्टसमा २३, कराँतेमा ८, गल्फमा ६, कुस्तीमा ४, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीका १२, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, फेन्सिङमा ६, टेबलटेनिसमा ६, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।

प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्