नेपाल टेलिकमका एक कर्मचारी सम्पर्कविहीन, खोजीका लागि अनुरोध
काठमाडौं, असोज ६ । नेपाल टेलिकमका एक कर्मचारी सम्पर्कविहीन भएका छन् ।
टेलिकमले विराटनगर उप महानगरपालिका वडा नं. ४ घर भई झापाको कन्काई नगरपालिका–३ डेरा गरी बस्दै आएका ३१ वर्षीय कर्मचारी दिलिप सुवेदी हराएको भन्दै सूचनामार्फत खोजीका लागि अनुरोध गरेको छ।
उनी नेपाल टेलिकम दूरसञ्चार कार्यालय सुरुङ्गामा कार्यरत रहेको नेपाल टेलिकमको किताब शाखाले जनाएको छ।
सुवेदी भदौ ३० गते बिहानबाट सम्पर्कमा नरहेको भन्दै निजलाई देख्नुहुने व्यक्तिले नजिकको प्रहरी चौकी या टेलिकम कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध गरेको छ।
प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार