तिलकसिंह पेलाले ल्याए ‘देउसरा आइगै’


 


काठमाडौं, असोज ५ । गायक तथा संगीतकार तिलकसिंह पेलाले नयाँ गीत ‘देउसरा आइगै’ सार्वजनिक गरेका छन् ।

सुदूरपश्चिमेली भाषा शैलीको गीतमा पेलाको स्वर तथा संगीत छ भने हेमन्त विवशको शब्द छ । गीतलाई रिदम कँडेलले एरेन्ज गरेका हुन् ।

हुड्केली, ठाडोखेल, छलिया नृत्य, होली, धामी नृत्य समावेश गरिएको भिडियोमा देवु सिंह वरा, योगिता दाहाल र जनक महरा फिचर्ड छन् ।

गीतको भिडियोलाई बाबुराजा केसी ‘उज्ज्वल’ले निर्देशन गरेका छन् । भिडियोलाई दीपक गिरीले छायांकन, देवु सिंह वराले कोरियोग्राफी र विष्णु शर्माले सम्पादन गरेका हुन् ।

गायक तथा संगीतकार पेलाको गत वर्ष सार्वजनिक भएको गजल ‘के लत बस्यो’ निकै लोकप्रिय भएको थियो ।

प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्