एसियाड महिला फुटबल : आज भियतनामसँग खेल्दै नेपाल


 


काठमाडौं, असाेज ५
१९औं एसियाडअन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ ।

समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समयानुसार पौने १ बजे शुरू हुनेछ । नेपाल र भियतनाम तेस्रोपटक आमनेसामने हुन लागेका हुन्।

पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालले समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग खेल्नेछ ।

चीनको हान्झाउमा शनिबार औपचारिक उद्घाटन हुने १९औं एसियाडअन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरू यसअघि नै शुरू भइसकेका छन् ।

प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्