आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता
काठमाडौं, असाेज ५
आन्दोलनरत शिक्षक र सरकारबीच आज पुनः वार्ता हुने भएको छ । बिहीबार साँझ गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नभएपछि आज पुनः वार्ता हुन लागेको हो ।
हिजो मात्रै बिहान र साँझ गरी दुई पटक वार्ता भएको थियो । तर त्यसमा कुनै पनि निष्कर्ष निस्केको थिएन् । वार्ता बिहान ९ बजे बस्ने तय भएको बैठकमा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार हिजोको बैठक वार्ताको माहोल तयारमा केन्द्रित थियो ।
उनले बिहीबारको वार्तामा आफूहरूका माग पूरा नभएको भन्दै आन्दोलन जारी रहेको बताए । बिहीबार वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र मन्त्रालयका सचिवहरु सहभागी थिए।
प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार