शिक्षकहरुको प्रदर्शन दोस्रो दिन पनि जारी, पठनपाठन ठप्प


 


काठमाडौं, असोज ४ । संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरुको प्रदर्शन आज दोस्रो दिन पनि जारी छ ।

काठमाडौंको माईतीघर मण्डलामा देशभरबाट आएका शिक्षकहरु प्रदर्शनमा उत्रिएका छन् । बुधबारबाट शुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने नेपाल शिक्षक महासंघले जनाएको छ ।

शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ ।

जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्