भ्वाइस अफ नेपाल सिजन–५ को प्रसारण असोज १२ देखि
काठमाडौं, असोज ४ । सांगीतिक टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन’५’ को प्रसारण आगामी असोज १२ गतेदेखि सुरु हुने भएको छ ।
हिमालय टिभी एचडीबाट हुने शोको नयाँ सिजनमा उदय सोताङ र मिलन नेवार नयाँ कोचको रुपमा भित्रिएका छन् । अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेशपायल राईले निरन्तरता पाएका छन् ।
डिजिटल अडिसनमा सहभागी ६० हजार आवेदकमध्येबाट छानिएका १२० भन्दा बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी रहेको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ब्लाइन्ड अडिसनबाट छनोट भएका ६४ प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।
पाँचौं सिजनको टाइटल स्पोन्सरको रुपमा डावर रेड पेस्ट रहेको छ । भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज, हिमालय लोकस्टार लगायतका रियालिटी शो प्रसारण गरिरहेको हिमालय टेलिभिजनले निकट भविष्यमै बिजनेस रियालिटी शो ‘सार्क ट्याङ्क’ र फेसन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ प्रसारण गर्ने भएको छ । अहिले एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज ५’ प्रसारण भइरहेको छ ।
प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार