शिक्षकहरुलाई गगनको आग्रह– विधेयकलाई सच्याउँछौँ, विद्यालय बन्द नगरौँ


 


काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरुलाई आन्दोलन फिर्ता लिँदै विद्यालय सुचारु गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाका सदस्य समेत रहेका थापाले संसद्‍बाट शिक्षा विधेयक सच्याउने आश्वासन दिँदै शिक्षकहरुलार्ई विद्यालय बन्द नगर्न आग्रह गरेका हुन् ।

विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको भन्दै उनले अब त्यसलाई सच्याउने जिम्मेवारी संसदको रहेको बताए ।

आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध रहेको उनले बताए ।

प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्