२०८० असोज ४ गते बिहीबारको तपाईको राशिफल


 


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी प्रेमीकाका बीच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर वैदेशिक कार्य अघि बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ, तर वैदेशिक काम भने सफल रहने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । अधिकार प्रयोग गर्न पाइनेछ, तर स्वास्थ्यप्रति भने सजग रहनु पर्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज तनाव बढेको महसुस हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । अनावश्यक यात्रा हुनेछ । प्रेमी प्रेमिकाका बीच खिन्नता बढ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मानसम्मान पनि मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला र गलाको प्रभाव बढ्ने छ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा प्रसन्नता छाउनेछ । मित्रसँग विशेष भेटघाट रहनेछ । शुभकार्यको चर्चा पनि चल्ने छ । समाज र जनताको पनि साथ पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । मान प्रतिष्ठामा वृद्धि होला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्