मोहम्मद सिराज बने नम्बर १ बलर, सन्दीप यथावत


 


काठमाडौं, असोज ३ । भारतीय बलर मोहम्मद सिराज आईसीसीको एकदिवसीय वरीयतामा पहिलो नम्बरमा उक्लिएका छन् ।

एसिया कप क्रिकेटको फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका सिराजले एकदिवसीय बलिङको वरीयतामा ८ स्थान सुधार गरेका हुन् ।

सिराजले एसिया कपमा १० विकेट लिएका थिए । यस्तै श्रीलङ्कासँगको फाइनल खेलमा उनले मात्र २१ रन दिएर ६ विकेट लिएका थिए । फाइनलमा श्रीलङ्का मात्र ५० रनमा आउट भएको थियो । भारतले फाइनल खेल १० विकेटले जितेको थियो ।

सिराज अस्ट्रेलियाका जोश हेजलवुडलाई पछि पार्दै पहिलो नम्बरमा पुगेका हुन् । एकदिवसीय बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने यथावत् स्थानमा रहँदा दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र ललित राजवंशी १÷१ स्थान तल झरेका छन् ।

नयाँ वरीयताअनुसार दीपेन्द्र ६८, करण ८७, सोमपाल ९३ र ललित ९७ औँ स्थानमा छन् ।

प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्