आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौं महानगरकाे चेतावनी


 


काठमाडौं, असोज ३ । काठमाडौं महानगरापलिकाले शिक्षकहरूले आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरले आन्दोलनका नाममा निजी तथा सरकारी विद्यालय बन्द गरेको पाइए कारबाही गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजागाइँले जानकारी दिए।

उनका अनुसार भदौ ३ गते संशोधन गरिएको शिक्षा नीतिमा सबै विद्यालयलाई राजनीतिबाट मुक्त गर्न शिक्षक तथा कर्मचारीलाई दलको सदस्य हुन बन्देज लगाउँदै काठमाडौं महानगरपालिकाले शिक्षा ऐन संशोधन गरिएको थियो।

प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्